यी हुन् ‘द भ्वाइस अफ नेपाल’ का उत्कृष्ट ४ प्रतिस्पर्धी, को बन्ला त विजेता ?



द भ्वाइस अफ नेपाल दर्शकमाझ सर्वाधिक लोकप्रिय रियालिटी शो हो । अडिसन राउण्डदेखि नै दर्शकले भ्वाइसलाई निकै माया दिइरहेका छन् । यसैबिच द भ्वाइस अफ नेपाल सिजन ३ का उत्कृष्ट ४ प्रतिस्पर्धी छानिएका छन् ।

गएराति भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् ।

सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा टुंगिएको छ ।

यसैगरी टीम दीपबाट दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । बुटबलका गोविन्द पुनको भ्वाइस यात्रा टप ८ सम्म पुगेर रोकिएको छ ।

टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । काठमाडौका सोनाम शेर्पासँग उनको कडा प्रतिस्पर्धा भएको थियो ।

टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् ।

अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्