काठमाडौँमा श्रमिकको ज्याला बढ्यो, यस्तो छ दर



काठमाडौँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८÷७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो ।

आव २०७७÷७८ मा श्रमिकले प्रतिदिन रु ७५० ज्याला पाउँदै आएकामा अब भने रु ७९० प्राप्त गर्नेछन् । यस्तै फोहर÷ढल सफा गर्ने कामदारको हकमा रु एक हजार ७० बाट रु एक हजार १२५ ज्याला कायम गरिएको छ ।

श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टालाई आधार मानेर आव २०७७÷७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकाङ्कको मान तथा प्रचलित बजार दरलाई आधार मानेर पाँच प्रतिशत वृद्धि गरी आगामी आर्थिक वर्षका लागि श्रमिकको ज्याला दर निर्धारण गरिएको जनाइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक खरीद नियमावली २०६४ को नियम १४८ अनुसार निर्माण सामग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकको ज्याला निर्धारण गरिएको बताए । उनका अनुसार विभिन्न ५४ वटा क्षेत्र तोकेर भाडा तथा ज्याला एवं निर्माण सामग्रीको दर निर्धारण गरिएको हो । नतोकिएको क्षेत्रको दर भने सम्बन्धित विभागको न्यूनतम आधारअनुसार र उक्त आधार नभएको अवस्थामा उत्पादक र आधिकारिक बिक्रेताबाट दरभाउ प्राप्त गरी कार्यान्वयन गराइने उल्लेख छ ।

प्रजिअ पराजुलीसहित जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रक समन्वय कार्यालय, नेपाल निर्माण व्यवसायी महासङ्घ, उद्योग वाणिज्य महासङ्घ र पूर्वाधार विकास कार्यालयका प्रतिनिधि सहभागी बैठकले सो ज्यालादर निर्धारण गरेको हो । यही साउन १ गतेदेखि नै उक्त दर लागू गरिएको छ । हालको गाउँपालिका र नगरपालिकाको केन्द्र तथा बजारबाट स्थलगत दूरीको आधारमा हुन आउने ढुवानी खर्च भने सम्बन्धित निकायले ढुवानी भाडा थप गर्नसक्ने छ ।

पुरातात्विक महत्वका निर्माण कार्यमा विशेष प्रकारको दक्षता र सीप भएका श्रमिकको प्रयोग हुने भएकाले उनीहरुको दैनिक ज्याला दर विभागबाट स्वीकृत गरिए अनुसार कायम गरिएको छ ।

निर्माणकार्य गरिने आयोजनामा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको आवश्यक व्यवस्था गर्न सार्वजनिक खरीद ऐन, नियमावलीमा व्यवस्था भएको बीमालगायतका अन्य प्रावधानसमेत सम्बन्धित ज्याला दर प्रयोग गर्ने निकायले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने छ ।

निर्माण सामग्रीको दर नेपाल सरकारका विभिन्न कार्यालय र संस्थानबाट लेखिआए बमोजिम केहीमा बढाउने र केहीमा घटाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

प्राप्त विवरणानुसार श्रमिकले ७५० प्रतिदिन ज्याला पाउँदै आएकामा अब भने ७९० प्राप्त गर्ने छन् । यस्तै फोहर÷ढल सफा गर्ने कामदारको हकमा रु एक हजार ७० बाट रु एक हजार १२५ ज्याला कायम गरिएको छ ।

दक्ष ९डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार बज्रकर्मी०, प्लम्बर, ढुङ्गा र काठको बुट्टा काट्ने साधारण मूर्तिकार, आर्टिष्टको प्रतिदिन रु एक हजार ३० बाट एक हजार ८० पु¥याइएको छ । अर्धदक्ष उक्त कामदारको हकमा भने रु ८५४ बाट बढाएर रु ८९० पु¥याइएको छ । सामाजिक परिचालक, फोरमेन, खानीसम्बन्धी काम गर्ने कामदारको हकमा रु ७५० बाट रु ७९० पु¥याइएको छ ।

यसैगरी निर्माण कार्यका कामदार, मेकानिक्स, कालीगढ, अफिस असिष्टेन्ट, ड्रिल हेल्पर, सर्भे हेल्परआदिको हकमा भने रु ६९० बाट ७२५ पु¥याइएको छ । माली, सहायक परिचालक, स्वीपर, धोवी, वन हेरालु, चौकीदारआदिको रु ६३० बाट रु ६६० बनाइएको छ । सामान लोड अनलोड गर्नेको हकमा प्रति १०० किलो बराबर रु २१।५० बाट २३ पु¥याइएको छ । भरिया ९प्रति ४० किलोसम्म० का लागि प्रतिदिन रु ७८५ बाट रु ८२५ पु¥याइएको छ ।

स्थानीय प्रशासनले निर्माण सामग्रीको दरसमेत कायम गरेको जनाएको छ । जसअनुसार डन्डी बाँध्ने तार प्रतिकिलो ९९ र एमएम सोलिड स्वायर रडको प्रतिकिलो ७५ पु¥याइएको छ । यस्तै मेसिनबाट उत्पादित प्रतिहजार इँट्टाको काठमाडौँ महानगरपालिका भित्र यसअघि कै रु १६ हजार २०० कायम गरिएको छ भने चिम्नीबाट तयार भएको इँट्टाको रु १४ हजार ५४० कायम छ ।

यो विवरणमा स्थानीय तह अनुसार फरकफरक मूल्य निर्धारण गरिएको छ । ज्याला निर्धारण समितिले हरेक वर्ष यसरी दर निर्धारण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्