गैँडाको आक्रमणबाट बृद्धको मृत्यु



पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–११ का ७५ वर्षीय रोहीका कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न गएको समयमा कुमाललाई गैँडाले आज अपराह्न २ः ४० बजे आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते भएका कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा ३ः ४५ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्