जनकपुरका अधिकांश स्थान डुबानमा



विगत एकहप्ता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् ।

उपमहानगरपालिकाका वडा नं १, २, ३, ४, ७, ८, र १३ वढी डुबानमा परेका छन् । हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार सङ्घ, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालय डुबानमा परेका छन् ।

एसियाली विकास बैंकको आर्थिक एवम् प्राविधिक सहयोगमा यहाँ एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ । परियोजनाले यहाँका सडक स्तरोन्नति गरिरहेको छ । ढल व्यवस्थापन नहुँदा नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ । डुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्