गुल्मीमा एक पुरुषको शव फेला



गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुर विक्रम कुँवर आज बिहान मृतावस्थामा भेटिएका हुन् ।

कुँवर घरदेखि करीब तीन सय मिटर नजीकै रहेको राँगाको पाइले भन्ने भीरभन्दा तल मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्