काभ्रेमा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो



जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा आज जारी सूचनामा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइएको उल्लेख छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज मात्रै सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७२ थपिएसँगै कूल संख्या एक हजार ८६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्