कोरोनाबाट वडाध्यक्षको निधन



corona Death us

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

यसैगरी कोरोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो ।

रेडियो हापुरेमा कार्यरत उनले गत हप्तामात्र कोरोनालाई पराजित गर्नुभएको स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिए । जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो ।

त्यस्तै जिल्लाका एक सङ्क्रमितको बाँकेमा निधन भएको छ । भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका १० का ३८ वर्षीय महिलाको गए राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्