अस्पताललाई अक्सिजन सिलिन्डर



ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिन्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर अक्सिजन सिलिन्डर किनेर अस्पताललाई प्रदान गरेको हो ।

सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लगायत फुङ्लिङका व्यवसायीको सहयोगमा विराटनगरबाट सिलिन्डर खरिद गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सांसद भट्टराईले दुई लाख र मन्त्री आङ्बुहाङले एक लाख रुपैयाँ सिलिन्डर खरिदमा सहयोग गरेका थिए । यस्तै बजारका ३३ व्यवसायीले एक देखि १५ हजार रुपैयाँ सम्म सहयोग गरेका थिए ।

कम्तिमा ५० सिलिन्डर प्रदान गर्ने संघको लक्ष्य अनुसार हाल ३५ थान सिलिन्डर खरिदका लागि पैसा जम्मा गरी खरिद प्रक्रिया अघि बढेकोमा ८ थान आएको हो । बाँकी आउने प्रक्रियामा छ ।

प्रतिक्रिया दिनुहोस्