कोरोनाका कारण समस्यामा परेकाहरुको लागि विराट र अनुष्काले गरे २ करोड सहयोग



भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र नायिका अनुष्का शर्मा कोभिडसँग जुधिरहेका मानिसहरुको सहयोगको लागि अघि बढेका छन् । यसका लागि उनीहरुले फन्ड रेजिङ क्याम्पेनको सुरुवात गरेका छन् ।

यो अभियानमार्फत् विराट र अनुष्का क्राउड फन्डिङको मद्दतले ७ करोड भारु जुटाउनेछन् । यसको प्रयोग कोरोनासँग जुधिरहेका आवश्यकतामा परेका मानिसहरुका लागि गरिनेछ । यसका लागि सबैभन्दा पहिले विराट र अनुष्का नै अघि बढेका छन् । उनीहरुले यस फन्डमा २ करोड भारु दान गरेका छन् । यो अभियानको नाम ‘इन दिस टुगेदर’ राखिएको छ ।

यस अभियानबारे विराट र अनुष्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनीहरुले अहिले देश संकटको अवस्थामा भएकाले देशलाई संकटबाट निकाल्न आफूले पनि केही गर्न आवश्यक रहेको बताउँदै यो अभिनयानको सुरुवात गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्