काठमाडौँबाट सङ्क्रमितलाई उपचारार्थ पुर्‍याइयो झापाको बिएण्डसी



काठमाडौं । काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सघन उपचार कक्ष ९आइसियू० श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजाने क्रम जारी छ । कारोना महामारीको पहिलो चरणमा काठमाडौँ उपत्यका बाहिरका बिरामीलाई ‘हवाई बेड लिफ्ट’ गरी उपचारार्थ यहाँ ल्याइने गरिन्थ्यो ।

यसक्रममा झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज अपराह्न काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना सङ्क्रमित बिरामीलाई थप उपचारार्थ हेलिकप्टर मार्फत ‘बेड सिफ्ट’ गरिएको छ । काठमाडौँका अस्पतालमा भेन्टिलेटर सहितको आइसियू श्यया नपाएपछि झापा कमल गाउँपालिका वडा –५ का ३५ वर्षीय मदन पाठकलाई बिएण्डसी अस्पताल लगिएको बताइएको छ ।

यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना सङ्क्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटर सहित आइसियू अभाव भएपछि काठमाडौँबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो छ । हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । उनका अनुसार काठमाडौँका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटर सहित आइसियुको अभाव भएपछि बिएण्डसीमा सम्पर्क गर्ने क्रम निरन्तर जारी छ । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियू श्यया , विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ । उनले भने, ‘ती मध्ये २५ भेन्टिलेटर सहित आइसियू श्यया कोभिडका बिरामीलाई छुट्याएका छौँ । बिरामीको आवश्यकता अनुसार थप गर्दै जाने अस्पतालको नीति रहेको छ ।’

अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ । विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतले सेवा प्रदान गरिरहेका छन् । प्रस्तावित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले कोभिड –१९ सङ्क्रमितको उपचारमा बिएण्डसी अस्पतालले उच्च प्राथमिकता साथ सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई अस्पतालमा भएका सबै श्यया र भेन्टिलेटर सहितका आइसियू श्यया उपचार सेवामा लगाउन आफू तयार रहेको बताए ।

उनले भने, “विपद्का समयमा राज्यले के दियो र के गर्यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका श्रोत र साधन प्रदान गर्न तयार छु ।”

प्रतिक्रिया दिनुहोस्