बँदेलले आक्रमण गर्दा एक जनाको घटनास्थलमा नै मृत्यु



जिल्लाको माडीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।

प्रतिक्रिया दिनुहोस्