यी हुन् २० बर्षभन्दा बढी जेठा अभिनेतासँग रोमान्स गर्ने बलिउड अभिनेत्रीहरु…



बलिउड इन्डष्ट्रि ठूलो छ । जसका कारण बलिउडमा कलाकारहरु पनि धेरै रहेका छन् । बलिउडमा यस्ता धेरै अभिनेताहरु छन् जो आफ्नो उमेरलाई भन्दापनि आफ्नो कामलाई बढी प्राथमिकता दिन्छन् । आफूभन्दा २७–२८ बर्ष कान्छी नायिकाहरुसँग रोमान्स गर्नुपरे पनि उनीहरु हिचकिचाउँदैनन् ।

यस्तै बलिउडमा केही अभिनेत्रीहरु छन् जसले आफूभन्दा २० बर्षभन्दा जेठा अभिनेतासँग रोमान्स गरेका छन् र दर्शकले उनीहरुको जोडीलाई रुचाएका पनि छन् । आज हामी तिनै अभिनेत्रीबारे चर्चा गर्नेछौँ ।

सलमान खान र दिशा पटानी

यसको जल्दोबल्दो उदारहणको रुपमा सलमान खान र दिशा पटानीलाई लिन सकिन्छ । सलमानको सर्वाधिक प्रतिक्षित चलचित्र ‘राधे’ यहि इदमा प्रदर्शनमा आउने भएको छ । ‘राधे’ मा सलमानले दिशा पटानीसँग रोमान्स गरेका छन्, जो सलमानभन्दा २७ बर्ष कान्छी छिन् । तर स्क्रिनमा यी दुईको जोडी यति मिलेको देखिन्छ कि यी दुईबिच त्यति धेरै उमेर अन्तर छ भनेर कसैले अनुमान नै गर्न सक्दैनन् ।

शाहरुख खान र आलिया भट्ट

यस्तै फिल्म ‘डियर जीन्दगी’ मा नायिका आलिया भट्टले बलिउडका बादशाह शाहरुख खानसँग रोमान्स गरेकी छिन्, जो उनीभन्दा २८ बर्ष जेठा छन् । ‘डियर जीन्दगी’ पछि शाहरुख र आलियाको जोडीको निकै नै प्रशंसा भएको थियो । यी दुईले पनि एकअर्कासँग काम गर्न निकै सहज भएको बताएका थिए ।

सलमान खान र अनुष्का शर्मा

‘सुल्तान’ बक्सअफिसमा सर्वाधिक सफल भएको चलचित्र हो । चलचित्रमा अनुष्का शर्मा र सलमान खानले रोमान्स गरेका थिए । यी दुईको केमेष्ट्रिको चर्चा पनि भएको थियो । सलमान र अनुष्काबिच २० बर्षभन्दा माथि उमेर अन्तर भएको बताइएको छ । तर स्क्रिनमा त्यो देखिदैँन ।

अजय देवगन र सायशा साइगल

चलचित्र ‘शिवाय’ मा अजय देवगन र अभिनेत्री सायशा साइगलले रोमान्स गरेका थिए । यो चलचित्रमा काम गर्दा सायशाको उमेर मात्र १८ बर्षको थियो । अजय र सायशाबिच २८ बर्षको उमेर अन्तर भएको बताइएको छ ।

सलमान खान र सोनम कपुर

यस्तै सलमान खानले चलचित्र ‘प्रेम रतन धन पायो’ मा चर्चित नायिका सोनम कपुरसँग काम गरेका थिए । यो चलचित्रपछि सलमान र सोनमको जोडीको निकै नै तारिफ भएको थियो । अचम्मको कुरा के छ भने सोनम सलमानका असाध्यै मिल्ने साथी अर्थात बलिउडका सदावहार अभिनेता अनिल कपुरकी छोरी हुन् । यसरी हेर्दा सलमान र सोनमबिच २० बर्षको उमेर अन्तर छ ।

नसिरुद्धिन शाह र विद्या वालन

अभिनेता नसिरुद्धिन शाह र विद्या वालन अभिनित फिल्म ‘डर्टी पिक्चर’ दर्शकको नजरमा परेको फिल्म हो । यी दुईबीचको उमेर अन्तर २९ छ ।

प्रतिक्रिया दिनुहोस्