भारतको गुजरातमा नेपाली युवतीको अपहरणपछि बारम्बार बलात्कार गरी हत्या गरियो…



भारतको गुजरात राज्यको अहमदावाद शहर अन्तर्गत दानी लिम्दा, बेहरामपुर भन्ने ठाउँमा बस्दै आएकी २३ बर्षीया प्रतिक्षा गिरीको अपहरण गरेर बलात्कारपछि हत्या गरिएको छ ।

प्रतिक्षा नेपाली युवती हुन् । प्राप्त जानकारी अनुसार हत्या गरिएकी युवतीलाई १९ अप्रिलको बिहान अपहरण गरी २४ घण्टासम्म बन्धक बनाएर राखिएको र बारम्बार बलात्कार गरेर त्यसपछि हत्या गरिएको हो ।

यस हत्याकाण्डमा ३ जना युवा सामेल थिए जसमा राजु भनिएका युवा मुख्य आरोपी हुन्। तिनैजना आरोपी स्थानीय निवासी भएको बताइएको छ। दैलेख निवासी प्रतिक्षा गुजरातको अहमदावादमा करिब १ वर्षदेखि रोजगारीको सिलसिलामा बसोवास गर्दै आएकी थिइन्।

गुजरात क्राइम ब्रान्चले घटनामा संलग्न भएको अभियोगमा ३ जना स्थानीय युवालाई हिरसातमा लिएको नेपाली सांस्कृतिक परिषद अहमदावाद अध्यक्षले जानकारी दिएका छन्।

प्रतिक्षाको घरमा श्रीमानसहित २ बच्चा थिए । अपहरणपछि प्रतिक्षालाई जबरजस्ती लागूऔषध दिएर तिनै जना युवकले बारम्बार बलात्कार गरेर हत्या गरेको जनकारी पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्