हाकिमले दिनरात अश्लील म्यासेज पठाएर हैरान पारेपछि महिला कर्मचारीले अफिसमै मर्नेगरी कुटिन्…



चीनमा एक महिलाले आफ्नै अफिसको हाकिमलाई सबैको अगाडि मर्नेगरी कुटेकी छिन् । चीनको हेलोङजियाङ प्रान्तमा काम गर्ने एक महिला कर्मचारीले अफिसमै आफ्ना हाकिमको रामधुलाई गरेपछि उनी चर्चामा छिन् ।

यी महिला कर्मचारकिा अनुसार उनका हाकिमले उनलाई धेरै समयदेखि अश्लील म्यासेज पठाएर वाक्क पारिरहेका थिए । १–२ दिन त उनले सहिन् पनि । तर हाकिमले दिनहु म्यासेज गरेर दिक्क पार्न थालेपछि महिलाले अफिसमै आफ्नै डेस्कमा बसिरहेका हाकिमलाई भुइँ पुछ्ने लठ्ठीले बेस्सरी पिटेकी हुन् ।

त्यतिमात्र होइन, महिलाले हाकिमको मुखमा पानी फ्याँकिदिन्छिन् र त्यहाँ भएका किताबले पनि हाकिमको मुखमा हानिन् । द हिलमा प्रकाशित एक रिपोर्टअनुसार महिलाले आफूलाई हाकिमले ३ पटक अश्लील म्यासेज पठाएको बताएकी छिन् । उनका अनुसार ती हाकिम अफिसमा अरु कर्मचारीसँग पनि फ्लर्ट गर्थे ।

प्रतिक्रिया दिनुहोस्