‘फोटो फिरिममा’ को अपार सफलतापछि शिशिरको ‘फोटो फिरिममा २’ रिलिज



फोटो फिरिममा दर्शकमाझ सर्वाधिक लोकप्रिय गीत हो । फोटो फिरिममा लाई रचना रिमालले गाएकी थिइन् । पत्रकार तथा कलाकार शिशिर भण्डारीको शब्द र संगीतमा तयार भएको फोटो फिरिममा को फिमेल भर्जन सर्वाधिक हिट भएपछि लोकप्रिय गायक प्रताप दासको आवाजमा फोटो फिरिममा को मेल भर्जन रिलिज भएको थियो ।

फिमेल भर्जनलाई झै मेल भर्जनलाई पनि दर्शकले निकै नै रुचाए । अहिले फेरि फोटो फिरिममा २ रिलिज भएको छ । फोटो फिरिममा २ (रुमाल चिनो छ) मा शब्द र संगीत शिशिर भण्डारीकै रहेको छ । गीतमा प्रताप दासको आवाज रहेको छ ।

फोटो फिरिममा २ लाई फोटो फिरिममा कै निरन्तर भाग बताइएको छ । गीतमा शिशिरको दमदार अभिनयले दर्शकको मन जित्नेछ । शिशिरसँगै गीतमा रिस्ता बस्नेत, जुना सुन्दास, आकाश श्रेष्ठ लगायतका कलाकार फिचर्ड रहेका छन् । फोटो फिरिममा २ लाई पनि दर्शकले असाध्यै रुचाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्