दोलखाको बिगुमा गाडी दुर्घटना : ४ जनाको मृत्यु, १७ घाइते



गएराति दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा गाडी १० बजे दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिगु–३ घर भएका विनोद केसी, जसको उमेर ३५ बर्ष रहेको छ । त्यस्तै ५२ बर्षीय महिला राधा खड्का, ४५ बर्षीय अजिता खत्री र २४ बर्षीय चण्डिका थापा रहेका छन् ।

चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना भएको हो । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् ।

घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्