बलिउड अभिनेता अक्षय कुमारमा कोरोना संक्रमण पुष्टि



बलिउडका सर्वाधिक चर्चित अभिनेता अक्षय कुमारमा कोरोना संक्रमण पुष्टि भएको छ । यो कुराको जानकारी स्वयम अक्षयले सामाजिक सञ्जालमार्फत दिएका छन् । भारतमा कोरोनाको दोस्रो लहर सुरु भैसकेको छ ।

कोरोना पिडितको लागि बलिउड अभिनेता अक्षय कुमारले गरे २५ करोड सहयोग

अहिले भारतमा दिनमा ५० हजार बढीमा संक्रमण पुष्टि हुन थालेको छ । दोस्रो चरणको कोरोनाको लहर भारतमा देखिदाँ धेरै कलाकारमा कोरोना देखिएको छ । आफूमा कोरोना पोजेटिभ देखिएपछि अक्षयले आफ्नो सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।

युट्युबर विरुद्ध अक्षय कुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्धा, यस्तो छ मुख्य कारण…

अक्षयले सामाजिक सञ्जालमा लेखेका छन्, म सबैलाई जानकारी दिन चाहन्छु कि, मलाई कोरोना संक्रमण देखिएको छ । मैले सबै नियमलाई पछ्याइरहेको छु । मैले आफूलाई तुरुन्तै आइसोलेट गरेको छु । म होम क्वारेन्टाइनमा छु र डाक्टरको नियमित सम्पर्कमा पनि छु । मेरो सम्पर्कमा आएका सबैलाई टेष्ट गर्नका लागि आग्रह गर्दछु । म चाडै नै चलचित्रको छायांकनमा फर्केनेछु ।

अक्षय कुमारले गरे बाढीपिडितलाई १ करोड सहयोग

साथै अक्षयले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्