आज सुनको मूल्यमा भारी गिरावट, तोलामा कति ?



आज सुनचाँदीको मूल्यमा धेरै गिरावट आएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको सुनको मूल्य आज घटेर प्रतितोला ८७ हजारमा कारोबार भइरहेको छ । यसरी हेर्दा सुनको मूल्य आज तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । आज चाँदीको कारोबार प्रतितोला १२ सय ९० ले भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्