मलेसियामा कार्यरत नवलपरासीका नुनबहादुर मगरको सुतेकै अवस्थामा मृत्यु



वैदेशिक रोजगारका क्रममा करिब ६ बर्ष अगाडि मलेसिया गएका नवलपरासीका नुनबहादुर मगरको आज क्षयरोगका कारण सुतेकै अवस्थामा मृत्यु भएको छ ।

उनी ६ बर्षदेखि मलेसियाको बहुप्रतिष्ठित कम्पनी टप ग्लोभको ९ नम्बर फ्याक्ट्रीमा कार्यरत थिए । टप ग्लोभमै कार्यरत एक नेपालीले नाम नखुलाउने सर्तमा नेपाली मजदुर एकता समाज मलेसियालाई उक्त घटनाबारे जानकारी दिएका हुन् ।

मृतकको बारेमा अन्य जानकारी भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्