किन यस्तो भेदभाव ? दलितले दिएको दही खाएपछि समाजबाट २ बर्षदेखि बहिष्कार…



खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बस्ने टंकप्रसाद आचार्य दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा आफन्त र छिमेकीबाट बहिष्करणमा परेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

प्राप्त जानकारी अनुसार आचार्यले २०७५ साल असारमा जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको जातीय भेदभावविरुद्धको सहभोज कार्यक्रममा दलित समुदायका व्यक्तिले दिएको दही खाएका थिए । जसको सजाय उनले २ बर्षदेखि भोग्दै आएका छन् । उनी आफ्नै समाजबाट बहिष्कार भैरहेका छन् ।

यो घटना बाहिर आएपछि मानव अधिकारी आयोगका सचिव वेद भट्टराईसहित अधिकृतहरु संलग्न उच्चस्तरीय टोलीले अनुगमन गरेको थियो ।

अनुगमन टोलीले आचार्यको घरमै पुगेर विस्तृत जानकारी लिएको छ । अनुगमनपछि आयोगले जातीय भेदभावविरुद्धको अभिायनमा संलग्न ज्येष्ठ नागरिक आचार्यलाई मानसिक पिडाबाट मुक्त गर्न जिल्ला प्रशासन कार्यालय खोटाङ र नगरपालिकालाई पत्रसमेत लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्