श्रीमतीलाई बञ्चरो प्रहार गर्ने एक जना पक्राउ



काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ चिसापानी बस्ने ४४ बर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ ।

श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी श्यामबहादुर खत्रीका अनुसार माघ ९ गते राति श्रीमती रमामाया घलान बजु लाइृ टाउकोमा बञ्चरोको पासोले प्रहार गरेका थिए ।

त्यसपछि रमामाया गम्भीर घाइते भई उपचारका लागि चुरे हिल अस्पताल मकवानपुरमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा माघ १० गते बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए ।

फरार रहेका शेरबहादुरलार्य काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका ४ भण्डारी गाउँस्थित जङ्गल छेउ बाटोमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्