भाइरल कलाकारलाई मात्र साथ सपोर्ट गर्दा पछि पर्दैछन् नयाँ कलाकार…(भिडियो सहित)



को मात्रै अधिकांश दोहोरी कलाकारहरु रोधीघरमा कार्यरत अथवा रोधीघरलाई नै आफ्नो अभ्यास थलो बनाएर यस क्षेत्रमा लागेका हुन्छन् । यस्तै पछिल्लो समय धेरै कलाकारहरु लाइभ दोहोरी मार्फत नै आफूलाई चिनाइरहेका छन् । यस्तै एक प्रतिभाको नाम हो, डेकेन्द्र बिसी । उनी रोधीघरमा कार्यरत छन् ।

पछिल्लो समय लाइभ दोहोरीमा पनि आफूलाई व्यस्त गराउन थालेका छन् । हाम्रो परिवर्तन दोहोरीमा नै धेरै पटक लाइभ दोहोरी गाइसकेका छन् । आजको एपिसोडमा पनि मसँग लाइभ दोहोरी गाएका छन् । पछिल्लो समय भाइरलको चर्चा चलिरहदाँ यति मिठो आवाज भएका र सांगितीक क्षेत्रमै केही गर्छु भन्नेलाई सपोर्ट गरेर अघि बढाउने भेट्न धेरै गाह्रो छ । यसकारण भाइरललाई मात्रै नभएर आवाज र शब्दलाई पनि ख्याल गर्दै म जस्ता कलाकारलाई साथ सपोर्ट गर्ने भैदिए हुन्थ्यो भन्दै हामीसँग गुनासो पोखेका छन् ।

यसकारण पनि उनीजस्ता कलाकारलाई सबैको सपोर्ट आवश्यक पर्छ । आजको यो एपिसोडमा एकअर्काको विपक्ष बनेर आरोप लगाउँदै दोहोरी गाएका छौँ । कस्तो लाग्छ सल्लाह सुझाव दिन नभुल्नुहोला । पुरा भिडियो हेर्नको लागि तलको लिंक थिच्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्