सन् २०२० : विपद्जन्य घटनाबाट पाँच हजारको मृत्यु



मुलुकमा सन् २०२० मा विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपद्या परेर १०२ बेपत्ता भएको र पाँचर हजार २६० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोरोनाका कारण एक हजार ८५६ को मृत्यु भएको छ ।

पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता छन् । बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भएको प्राधिकरणले जनाएको छ । सर्पदंशबाट २९, आगलागीबाट ५३, चट्याङबाट ८२ जनाको मृत्यु भएको र अन्य विधि घटनाका कारण ५४ जनाले ज्यान गुमाएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त विवरण सन् २०२० को जनवरीदेखि डिसेम्बर ३१ सम्मको हो ।

प्राधिकरणका अनुसार कूल मानवीय क्षति मध्यसडक दुर्घटना र कोरोनाबाट मात्रै ८८ प्रतिशत छ । कोरोनाको संक्रमण अझैपनि जारी रहेकाले सावधानी अपनाउन सरकारले सबैमा अनुरोध गरेको छ । यसपाली बर्षाको समयमा मुलुकका विभिन्न जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

बाढी, पहिरो आएर धेरै स्थानमा मानवीय क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए । प्रभावित अझै पनि अस्थायी टहरामा बसिरहेका छन् । अहिले सरकारले अनुदानमा आवास कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्