भारततर्फ लगिरहेको अवस्थामा सात बर्षीया बालिकाको उद्धार



ललाइफकाइ गरेर भारततर्फ लगिरहेको अवस्थामा सात बर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धारा गरिएको छ । सय बिघा बस्ने सात बर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी लब जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेका दुई दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन् ।

प्रतिक्रिया दिनुहोस्