होटलमा बसेका देवर भाउजू मृत्य अवस्थामा फेला



घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका ८ का देवर भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ बर्षीय शेरीराम कोली २० बर्षीय भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आंकलन गरिएको छ ।

भाउजूको हिजो बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो, जिल्ला कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, घटनाबारे विस्तृतमा अनुसन्धान हुदैँछ । देवर भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे खुल्नसकेको छैन ।

उपचारमा रहेका कोलीले भाउजूले के को पात दिईन, खाँदा बिरामी परेँ भन्थे, थापाले भने, उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ । प्रहरीका अनुसार दुवैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्