तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु



सप्तरीको बोदे बरसाइन नगरपालिकामा ती जना सवार मोटरसाइकल दुर्घटना हुदाँ आज एकको मृत्यु भएको छ ।

जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ त्यसमा सवार सडक नगरपालिका ८ का १८ बर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी मोटरसाइकलको बीचमा सवार थिए ।

मोटरसाइकल चालक सप्तरकिो सडक नगरपालिका ८ का २७ बर्षीय सनी चौधरी पछाडी सवार सोही ठाउँका १८ बर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेका कारण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीषक भुवनेश्वरप्रसाद साहले बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको शवको परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ ।

गत बिहिबार पनि जिल्लाको खडक नगरपालिका ११ बनौलमिा ती जना सवार मोटरसाइकल दुर्घटना हुदाँ दुईको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्