लोकदोहोरी प्रतिष्ठानको २० औँ बार्षिक साधारणसभा सम्पन्न



राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले प्रतिष्ठानको भवन बनाउनका लागि जग्गा खरिद र भवन निर्माण लागि आर्थिक सहयोग गर्दै आइरहेको बताए ।

उनले रवीन्द्र अधिकारी संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री हुदाँ रकम उपलब्ध गराएकाले भवन निर्माणको कार्यले पूर्णता पाएको बताए ।

कार्यक्रममा स्व.कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशिसहित स्मृति पुरस्कार कलाकार रामप्रसाद घिमिरे र सारङ्गी वादक कृष्ण बहादुर गन्धर्वलाई प्रदान गरिएको छ भने पत्रकारिता पुरस्कार सीताराम बडाल, संरक्षक तथा अभिभावक पुस्कार पृथ्वी थकालीलाई प्रदान गरिएको छ ।

उत्कृष्ट पुरस्कार प्राप्त गर्नेमा गायिका देवी घर्तीमगर र मोडल पिएन सापकोटा रहेका छन् । जिल्लाबाट उत्कृष्ट सम्मा रुपन्देहीले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्