अठार घरमा तोडफोड र चोरी



बाग्लुङको गलकोटमा चोरीका घटनामा वृद्धि भएको छ । गलकोट नगरपालिकामा पछिल्लो केही दिनयता १८ घरमा तोडफोड तथा चोरी भएको छ । नगरपाकिा १, २ र ५ का विभिन्न बस्तीका घरमा चोरी तथा तोडफोड भएको स्थानीयले बताएका छन् । शनिबार राति गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको घरसहित खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतिलाल गैरे र ताराप्रकाश गैरेको घर तोडफोड भएको थियो भने त्यसको अघिल्लो दिन थान तथा भुङ्गानीमा चोरी भएको थियो ।

नगरप्रमुख गैरेको घरबाट १० हजार नगद, सुनको जन्तर र औँठीसमेत चोरी भएको जिल्ला प्रहरील कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक अर्जुन बम मल्लका अनुसार धेरैजसो खाली भएका घरमा तोडफोड र चोरी भएको हो ।

प्रतिक्रिया दिनुहोस्