१५ बर्षीया बालिका र ४३ बर्षीया पुरुषबीच हुन लागेको विवाह रोकियो…



स्थानीयवासीको सहयोगमा सप्तरी प्रशरीले मगंलबार हुन लागेको बाल विवाह रोकेको छ । बालिकाको उमेरै नपुगी विवाह हुन लागेको थाहा पाएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिई बालविवाह रोकेको जानकारी प्राप्त छ ।

रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका १३ की १५ बर्षिया बालिका, उनकी ४५ बर्षिया आमा, सोही ठाउँका ६७ बर्षिय रामेश्वर शर्मा सुतिहार र र विवाहका लागि तयार पारिएका सप्तरकिो तिरहुत गाउँपालिका ३ गोइठीका ४३ बर्षिय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिदैँ विवाह रोकेको हो ।

स्थानीयवासीले बताए अनुसार १५ बर्षिया बालिका र ४३ बर्षिय पुरुषबीच विवाहका लागि रामेश्वरले छलफ चलाएका थिए । बाल विवाहसम्बन्धी छलफल भइरहेको सूचनाका आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएका प्रहरीले चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको वडाध्यक्ष यादवले बताए । बालिकाका बुबाले दोस्रो विवाह गरी परिवार छाडेर हिँडेपछि चार सन्तानलाई पालनपोषण गर्दै आएकी बालिकाकी आमाले गरिबीका कारण अनमेल तथा बालविवाह गराउन खोजेको बालविवाह गराउन खोजेको वडाध्यक्ष यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्