बालिका करणी गर्ने युवकलाई २० बर्ष कैद



जिल्ला अदालत भोजपुरले १४ बर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाइृ २० बर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० बर्ष कैद र रु.५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीस गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो ।

त्यस्तै अदालतले सोही घटनामा संलग्न बालिकालाई ललाइफकाई केशरको घरसम्म लैजान सहयोग गर्ने सुनसरी इटहरी उपमहानगरपालिका २ भुल्केका खेमराज दमाइँलाई पाँच बर्ष कैद सजाय सुनाएको छ । सुन्दासले २०७६ साल भाद्र ८ गते भोजपुर नगरपालिका–१२ टक्सार कोटडाँडास्थित आफ्नै घरको कोठामा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई पिडित परिवारको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्