रानीपोखरीबाट लेउ निकालिदैँ



काठमाडौँस्थित रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालिएको छ । पुनः निर्माणपछि झनै सुन्दर भएको एपिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि यसको सौन्दर्यलाई कायमै राख्नको लागि हिजोदेखि सरसफाई सुरु गरिएको छ ।

पुनः निर्माणपछि पोखरीमा तीन करोड २२ लाख लिटर पानी राखिएको थियो । अहिले करिब दुई करोड लिटरको हाराहारीमा मात्र पानी रहेको छ ।

का.म.पा.ले पोखरीको पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको भन्दै माछा हालेर पनि सफा र सुन्दर राख्न सकिने विकल्प देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्