सप्तरीमा आगलागी हुदाँ ४ घर नष्ट



सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुदाँ ४ घर जलेर नष्ट भएका छन् । कङ्कालिनी–२ सकरही निवासी जन सुतिहारको गाईगोठबाट सुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज बिहान जलेर नष्ट भएको वडाध्यष सन्तोष गोइत यादवले जानकारी दिएका छन् ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिब २० लाख मूल्य भन्दा बढीको क्षति भएको बताइएको छ । आगलागीलाई स्थानीयवासी बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्