१ दिनभित्र एक लाख ६२ हजारले डाउनलोड गरे नागरिक एप



शुक्रबार सञ्चार र सूचना प्रविधिको टेवा, हातैहातमा सरकारी सेवा भन्ने नाराका साथ सार्वजनिक गरिएको नागरिक एप प्रति प्रयोगकर्ता आकर्षित भएका छन् । उक्त एन्ड्रोइडमा एपमा आज मध्यान्ह १२ बजेसम्म एक लाख ६२ हजार ५ सय प्रयोकर्ताले डाउनलोड गरेको पाइएकोछ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ४० हजार बढी प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका ९खाता खोल्न सफल भएको० छन् । धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भए तापनि विभिन्न कारणले गर्दा एक लाख २२ हजार बढीको विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिए ।

नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीहरु बताउँछन् ।

एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्