काठमाडौं । चन्द्रागिरि नगरपालिका मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
दुर्घटनामा तारकेश्वर नगरपालिका-३ का १२ वर्षीय अमृत देवकोटाको उपचारको क्रममा ओम समाज अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त, थानकोटका डिएसपी मोहन खाँणले बताए ।
चन्द्रागिरि-५ स्थित दाउरा डिपो नजिकै थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३-०२-००९ प ८४४८ नम्बरको मोटरसाइकलले अमृतलाई ठक्कर दिएको थियो ।
उनको उपचारको क्रममा ओम समाज अस्पतालमा निधन भएपछि मृतकका आफन्तले कंलकी नागढुङ्गा सडकखण्डमा अबरोध गरेका थिए । विवाद बढ्न सक्ने देखिएपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सडक खुलाएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएका छन् ।