फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति ?



आज सुनको भाउ ८ सयले घटेको छ । हिजो छापावालासुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज घटेर छापावाल सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहिबार १५ रुपैयाँले घटेको चाँदी प्रतितोला एक हजार २ सय ४५ मा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्