यसै महिनाभित्र प्रेमिका नताशासँग विवाह गर्दै बलिउड अभिनेता वरुण धवन



बलिउडका निकै चर्चित अभिनेता वरुण धवनले अब विवाह गर्ने भएका छन् । लामो समयदेखि मिडियामा उनको विवाहबारे चर्चा चलेको थियो । तर यसबारे वरुणले अहिलेसम्म कुनैपनि आधिकारीक जानकारी दिएका थिएनन् । अहिले भने उनी स्वयमले यसबारे जानकारी दिएको भारतीय मिडियाले जनाएको छ ।

वरुण लामो समयदेखि फेसन डिजाइनर नताशा दलालसँग प्रेममा छन् । यी दुईका तस्बिर बेला बेलामा सामाजिक सञ्जालमा भाइरल समेत हुने गरेका छन् । प्राप्त जानकारी अनुसार वरुण र नताशाले यसै महिनाभित्र विवाह गर्दैछन् ।

स्रोतका अनुसार वरुण धवनले अलिवागको एक पाँचतारे होटल बुक गरिसकेका छन् र यसका लागि केही एडभान्स पेमेन्ट पनि दिएका छन् । विवाहमा झन्डै २ सय मानिसहरुलाई निम्त्याउने तयारी वरुणले गरिरहेका छन् । तर विहेको मिति भने अहिलेसम्म तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्