पछिल्लो समय दोहोरीमा जम्दै नयाँ पुस्ताहरु…(भिडियो सहित)



पछिल्लो समय लाइभ दोहोरीको चर्चा बढिरहेको बेला विगत १ महिना अघिदेखि परिवर्तन दोहोरी पनि सञ्चालनमा आएको छ । लगभग लगभग पछिल्लो पुस्ताका मान्छेहरुले दोहोरी भन्दा नाक खुम्च्याउने प्रवृति अहिलेपनि छ । तर आजभोली दोहोरी सुन्ने र गाउनको जमात पनि बढ्दो छ । टिकटकमा समेत धेरैले दोहोरीका टुक्काका अभिनय गर्न थालेका छन् । बालकदेखि बृद्धसम्म सबैले इच्छुक भएर दोहोरी हेर्न थालेका छन् । यस परिवर्तन दोहोरी मार्फत ११ औँ एपिसोड पनि अपलोड भैसकेको छ ।

चर्चित कलाकारदेखि भर्खर कलाकार बन्ने सपना बोकेकाहरुको उद्गम स्थल परिवर्तन दोहोरी बन्दैछ । यदि तपाईहरुमा पनि यस्तै दोहोरी गाउने कला भएर पनि उचित स्थान र राम्रो मान्छेको सपोर्ट पाउनु भएको छैन भने हाम्रो परिवर्तन खबरमा आउन सक्नुहुनेछ । आजको यस एपिसोडमा पवन श्रेष्ठ र म आफैले निकै नै पुरानो र चर्चित भाकामा दोहोरी गाएका छौँ । कस्तो लाग्छ कतै कमीकमजोरी छन् भने औल्याउँदै प्रतिक्रिया दिन अनुरोध गर्दछु । साथै यस्तै नयाँ नयाँ रमाइला र सन्देशमुलक दोहोरीका लागि परिवर्तन खबरलाई सब्सक्राइभ गर्न नछुटाउनुहोला ।

प्रतिक्रिया दिनुहोस्