नेकपा फुट्दैन, अन्तरविरोध व्यवस्थित हुन्छः मन्त्री भट्टराई



संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले नेकपा एक ढिक्का हुने बताएका छन् ।
विमानस्थाल अनुगमन गर्न आज सिमकोट पुगेका मन्त्री भट्टराईले भने, “ठूलो पार्टी हो, धेरै नेता भएकाले महत्वकांक्षा हुन्छ, आकांक्षा हुन्छ । पार्टीमा देखिएको अन्तरविरोध व्यवस्थित हुन्छ ।”

देशको भाग्य र भविश्य नेकपासँग जोडिएको हुनाले पनि अर्को ५० वर्षसम्म पार्टी नफुट्ने विश्वास व्यक्त गर्दै उनले बहुमतको सरकार यथावत रहने बताए । उनले मुलुकलाई नेकपाको सरकारले गलतबाटोतिर जान नदिने बताए । मन्त्री भट्टराईले हिजोका दिनमा विदेशी हस्तक्षेप हुने गरेको तर नेकपा सरकारले त्यसलाई रोकेको दाबी गरे ।

हुम्लाको सिमकोट पुगेका मन्त्री भट्टराईले सिमकोट विमानस्थलको अनुगमन गर्नुका साथै नेकपाका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्