मैथिली साहित्य परिषद्लाई विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार



यस वर्षको नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार मैथिली साहित्य परिषद् राजविराज (सप्तरी) लाई प्रदान गरिने भएको छ । सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा पाँच विधामा वर्षेनी प्रदान गर्ने सो पुरस्कारको राशि रु दुई लाख रहेको छ ।

परिषद्ले मैथिल संस्कृति, सभ्यता, भाषा र साहित्यको संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदान क्रियायाशीलताका लागि सो पुरस्कार दिइने निर्णय गरिएको हो । कोषद्वारा आज जारी प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिइएको हो ।

त्यस्तै सो पुरस्कारअन्तर्गत रू एक लाख राशि भएको नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार धनुषा जिल्लाका वुषेशचन्द्र लाललाई दिने निर्णय गरिएको छ । उनलाई बिपी कोइरालाको मोदियाइन र सुम्निमा कृतिको मैथिली भाषामा अनुवादका लागि सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

धनुषा जिल्लाका सुजितकुमार झालाई ‘पुनि पुनि होत विवाह’ नामक अनुसन्धामूलक कृतिका लागि नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरी जिल्लाका अमरेन्दकुमार यादवलाई ‘स्त्री आ आगि’ नामक कृतिका लागि नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो पुरस्कारको राशि जनही रू.एक लाख रहेको छ ।

त्यस्तै सप्तरी जिल्लाका सुनिताकुमारी साह र धनुषा जिल्लाका अजितकुमार साहलाई नेपाल विद्यापति कला संस्कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारको राशि जनही रू ५० हजार रहेको छ । सदस्य सचिव नवीन मिश्रका अनुसार पाँचै विद्याका पुरस्कारको वितरण चालू आर्थिक वर्षभित्र नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्