आफै होटलमा काम दिने, अनि धम्काएर ग्राहकसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने



मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएका एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका ३ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका जाल्पा रोडस्थ्ति खाजार सञ्चालन गर्दै आएका केशव भुजेल रहेका छन् ।

३४ बर्षिया केशवले खाजा घरमा काम गर्ने महिलालाई डर, त्रास देखाएर जबरजस्ती आफ्ना ग्राहकसँग शारिरीक सम्पर्क गर्न लगाउने गरेको प्रहरीले जनाएको छ । त्यतिमात्र नभएर केशवले आफ्नो खाजाघरमा काम गर्ने तीम महिलालाई अन्यत्र होटलमा समेत जबरजस्ती पठाई शारिरीक सम्पर्क गर्न लगाउने गरेको जानकारी प्राप्त छ ।

कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार भुजेलले विभिन्न प्रलोभनमा पारेर राम्रो काममा लगाइदिन्छु भन्दै केटीहरु ल्याउने र एक दुई दिनपछि खाजाघरमा आउने व्यक्तिहरुसँग पैसा असुलेर शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गर्थे ।

भुजेलविरुद्ध मानव बेचविखन तथा ओसारपोसार सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्