अमेरिकामा प्रेमी सबिनसँग रमाउँदै बर्षा



नायिका बर्षा सिवाकोटी यतिबेला अमेरिकामा छिन् । उनी अमेरिकामा गएदेखि सामाजिक सञ्जालमा चर्को रुपमा उनको प्रेमको चर्चा भैरहेको छ । यसभन्दा अगाडी अमेरिका जादाँ पनि सबिनसँग उनको प्रेमको चर्चा चलेको थियो । तर त्यसबेला बर्षाले सबिन आफ्नो साथी मात्र भनेर टारेकी थिइन् ।

यसपटक भनेर बर्षाले खुलेर आफ्नो प्रेम सार्वजनिक गरिरहेकी छिन् । हाल अमेरिकामा सबिनसँग रमाइरहेकी बर्षाले स्टाटस लेख्दै भनेकी छिन्, ‘समस्या उत्पन्न गर्ने यो सडकमा केही समयका लागि म एक्लै थिएँ । तर, यो समय एकसाथ अगाडि बढ्ने र यात्रालाई रोमाञ्चक र उत्साहपूर्ण बनाउने हो । यसका लागि तयार हुनुहोस् ।’

यसले पनि सविन र वर्षा जीवनको नयाँ यात्राका लागि तयार भएको वुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्