भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्डको निर्माण दुर्तगतिमा



हेटौंडा । मकवानपुरको भीमफेदी–कागते–इपा–सिस्नेरी सडकखण्ड निमार्णको काम दुर्तगतिमा भइरहेको छ । सङ्घीय सरकारको रु ३४ करोडको लागतमा सो सडकखण्ड र त्यसमा पर्ने पुल निमार्णको काम द्रुतगतिमा भइरहेको हो ।

रु २६ करोडको लागतमा नालीसहित पक्की सडक र रु आठ करोडको लागतमा पक्की पुल निमार्ण गर्न लागिएको छ । मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको विशेष पहलमा २६ किलोमिटर सो सडकखण्ड निमार्णको काम भइरहेको बताइएको छ ।

सडक निमार्णसँगै भीमफेदी कोगटेमा दुईवटा पुल निमार्णको काम पनि अघि बढाइएको छ । सो सडकखण्ड र पुल निर्माण कार्यको आज प्रतिनिधिसभा सदस्य खतिवडा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालगायत प्राविधिक टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् ।

अनुगमनका क्रममा सडक र पुल निर्माणको काम द्रुतगतिमा अगाडि बढेको देखिएको सांसद खतिवडाले बताए । उनले तोकिएको समयमा नै पुल तथा सडक निर्माणको काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । यसैगरी भीमफेदीको गट्टेखोलामा दुईवटा पक्की पुलको निर्माण शुरु भएको छ । उक्त पुल र सडक निर्माण भएपछि स्थानीयवासीलाई आवातजावत र व्यावसायिक कारोवार गर्न थप सहजहता हुने अपेक्षा गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्