जयाले रेखालाई अमिताभसँग सम्बन्ध अन्त्य गर्ने सुझाव दिएपछि…



बलिउडमा आजपनि रेखा र अमिताभको प्रेमको चर्चा हुने गरेको छ । धेरैलाई यथावत नै होला कुनै समयमा रेखा र अमिताभ गहिरो प्रेममा थिए । यी दुईको प्रेमलाई जयाले छुटाएकी थिइन् । जयालाई अमिताभ र रेखाको प्रेम मन परेको थिएन । धेरै समय पहिले एक अन्तवार्तामा रेखाले जयालाई बिचरी महिला भनेकी थिइन् ।

जसको जवाफ जयाले अन्तवार्ता मार्फत नै दिएकी थिइन् । जयाले रेखालाई चाहिँ बिचरी महिला भन्नु उचित हुने बताएकी थिइन् । मिडिया रिपोर्टका अनुसार जया बच्चनले आफूलाई प्रेम गर्ने व्यक्तिको लागि कसैसँग पनि सम्झौता गर्न नसक्ने बताएकी थिइन् । उनले आफ्ना इच्छाहरु मारेर अर्कैसँग प्रेम गर्ने व्यक्तिसँग एउटै घरको छतमुनि बस्नु राम्रो होइन त्यसैले बाहिरी सम्बन्धलाई समाप्त गर्नु नै उचित हुने समेत बताइन् ।

यो कुरा बितेको धेरै समय भैसकेको छ । तर आजपनि बलिउडमा यसको चर्चा गज्जबले हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्