कुखुरा फर्मभित्र तास खेल्ने प्रहरी नियन्त्रणमा



कैलाली– गौरीगंगा नगरपालिका-६ स्थित कुखुराको फर्मभित्र तास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६० वर्षीय भक्तबहादुर शाही, ३६ वर्षीय रंग साउँद, ४२ वर्षीय रामबहादुर साउँद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षीय वीरबहादुर साउँद रहेका छन्।

गोप्य सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालय समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख २३ हजार ५ सय रुपैयाँ र २ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्