जबरजस्ती करणीको आरोपमा थारु पक्राउ



बर्दिया– २१ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारु पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रेमलालले ती महिलालाई आफ्नै घरमा बसीरहेको अवस्थामा घर पछाडी लगी जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले अभियुक्त थारुलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्