लोप हुँदै मादल बनाउने पेशा



मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् ।

अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताए । “मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो, तर हामीले यो पेशा भुल्न थालिसक्यौं”, उनले भने।

बजारमा मादलको माग घट्दै जाँदा पनि मादल बनाउन छोडेको सोही ठाउँका भुपबहादुर वादीले बताए । अहिले बजारमा आाधुनिक उपकरण प्रयोग गरी गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको उनको भनाइ छ ।
घरमै आएर माग गरेपछि मादल बनाउने गरेपनि व्यावसायिक रुपमा मादल बनाउन छोडेको उहाँको भनाइ छ ।

वादी समुदायको अर्को पेशा भनेको माछा मार्ने पेशा पनि हो । यो पनि धरापमा परेको तुलसीपुर ४ निवासी गेहेन्द्र वादीले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्