दुवै दिदीबहिनीको लिङ्ग परिवर्तनको अपरेशन इस्लामाबादस्थित पाकिस्तान इन्सटिट्यूट अफ मेडिकल साइन्सेजको चिल्ड्रेन अस्पतालमा डा. अमजद चौधरीको नेतृत्वमा १२ जना डाक्टरहरुको टोलीले गरेको थियो ।
बीबीसीसँग कुरा गर्दै डा. चौधरीले यसअघि पनि उनले थुप्रैको लिङ्ग परिवर्तनको अपरेशन गरेको तर यो मामिला अन्यभन्दा फरक रहेको जिकिर गरे । दुई जनाले पछिल्लो दुई वर्षदेखि त्यहाँ उपचार गरिरहेका थिए । उनका अनुसार एकैपटक दिदीबहिनी वा दाजुभाइको त्यहाँ कहिल्यै पनि अपरेशन गरिएको थिएन ।
शुरुवाती परीक्षणपछि उनीहरुलाई ‘एटिपिकल जनेटेलिया’ भएको पत्ता लाग्यो । उनीहरुलाई लिङ्ग परिवर्तनको अपरेशनको आवश्यकता भएको देखियो । यसका लागि उनीहरुको यौनाङ्गलाई अपरेशनको माध्यमबाट सामान्यस्थितिमा ल्याइयो ।