‘छ माया छपक्कै’ को सिक्वेल बनाउँदै रोहित अधिकारी



छ माया छपक्कै बक्सअफिसमा सफल भएको चलचित्र हो । चलचित्रको विषयवस्तुलाई दर्शकले असाध्यै रुचाएका थिए भने चलचित्रले राम्रो कमाइ गर्न सफल भएको थियो ।

छ माया छपक्कै का निर्माता रोहित अधिकारीले छ माया छपक्कै को सिक्वेल बन्ने जानकारी दिएका छन् । रोहितले बताए अनुसार यतिबेला दिपेन्द्र लामाले चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् । चलचित्रको स्क्रिप्ट तयार हुदैँ गरेको भएपनि चलचित्रको छायांकन भने चाडै सुरु नहुने रोहितले जानकारी दिएका छन् ।

उनले दिपकराज गिरी र उनको टिमसँग चलचित्र छक्का पञ्जा ४ बारे छलफल गरिसकेको छ । छक्का पञ्जा ४ रिलिज भएपछि मात्रै छ माया छपक्कै को सिक्वेलको काम अगाडी बढ्नेछ । यस्तै रोहित अर्को एउटा चलचित्र बनाउने तयारीमा छन् । जसको लागि उनले अनमोल केसीसँग कुरा गरेका छन् ।    

प्रतिक्रिया दिनुहोस्