६७ वर्षीय महिलाको हत्या गरेको अभियोगमा ३ जना पक्राउ



सिन्धुपाल्चोक । प्रहरीले ज्यान मारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी ३ भलायोखर्ककी ६७ वर्षीय डम्बरकुमारी कटुवाललाई मारेको अभियोगमा प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रहरीले ललितपुर महानगरपालिका ८ बालकुमारी बस्ने १९ वर्षीय ज्यास्मिन व्यञ्जनकार, १९ वर्षीय शीतल महर्जन र धादिङ थाक्रे गाँउपालिका १० केवलपुर स्थायी घर भई ललितपुर महानगरपालिका ८ बालकुमारीमा कोठा बस्ने वर्ष १९ को सौरभ क्षेत्रीलाई पक्राउ गरेको हो । कटुवालको शव यही असोज २६ गते उनकै निवासमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्