‘प्रसाद २’ मा विपिन र नम्रता नै फाइनल, तिहारपछि सुरु गरिने छायांकन



२ बर्षअघि प्रदर्शनमा आएको चलचित्र प्रसाद ले दर्शकको सर्वाधिक मन जित्न सफल भएको थियो । व्यवसायिक रुपमा पनि सफल भएको प्रसाद मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको थियो ।

अब प्रसाद को सिक्वेलको रुपमा प्रसाद २ पनि बन्ने भएको छ । प्रसाद २ मा विपिन र नम्रता नै दोहोरिदैँछन् । प्रसाद को कहानी जहाँ अन्त्य भएको थियो प्रसाद २ को कहानी त्यहिबाट सुरु हुने बताइएको छ । चलचित्रमा निश्चल हुन्छन् वा हुदैँनन् त्यसको भने टुङ्गो लागेको छैन ।

तर विपिन र नम्रतासँग भने निर्माण टिमले कागजी सम्झौता नै गरिसकेको छ । प्रसाद २ लाई लिएर विपिन र नम्रता निकै उत्साहित रहेका छन् । चलचित्रको छायांकन तिहारपछि सुरु हुने बताइएको छ । प्रसाद लाई दिनेश राउतले निर्देशन गरेका थिए भने प्रसाद २ लाई सौरभ चौधरीले निर्देशन गर्दैछन् ।   

प्रतिक्रिया दिनुहोस्